यू–१९ प्रिमियर कप फाइनल खेल: नेपालले टस जितेर ब्याटिङ गर्दै

Posted on: 24 Oct, 2023

कात्तिक ७, काठमाडौँ । यू–१९ प्रिमियर कपको फाइनलमा आज नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै छ ।


मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा यो समाचार तयार पार्दासम्म नेपालले २ विकेटको क्षेतिमा १५ ओभरको खेल सकिंदा ६९ रन बनाएर खेलिरहेको छ ।

उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गरिसकेका छन् । त्यस क्रममा नेपालले जापान र यूएईले सिंगापुरलाई सेमिफाइनलमा हराएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एसिया कपमा स्थान बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!