३० हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

Posted on: 15 Nov, 2022

कात्तिक २९, काठमाडौँ । वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीबाट ३० हजार घुस मागेका थिए ।

सेवाग्राहीबाट ३० हजार लिइसकेको अवस्थामा खानतलासी गर्दा पाण्डेबाट स्रोत नखुलेको थप ३२ हजार ५५ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!