मनकामना स्मार्ट लघुवित्तको आइपीओ असार १७ गतेबाट आउंदै

Posted on: 23 Jun, 2021

असार ९, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेबाट साधारण सेयर जारी गर्ने भएको छ । असार २१ गतेसम्म बिक्री खुला हुने छ।

कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। 

यसको ३२.११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो। सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि सेयर दिइने छ। ३ लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्।

कम्पनीको सेयर कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ। बढीमा एक हजार कित्तासम्म भर्न पाइने छ। अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!