आज आइतबार घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

Posted on: 17 Mar, 2024

चैत ४, काठमाडौँ | नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । 

अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!