समाज | गोरखा - GRK


शुक्रवारदेखि सम्पर्कविहीन गोरखाको बस पनि झ्याप्ले खोलाको पहिरोमा भेटियो, ३ शव फेला

Posted on September 29, 2024 | views : 392 | गोरखा - GRK

असोज १३, काठमाडौँ । गोरखाबाट काठमाडौं आउँदै गर्दा सम्पर्कविहीन भएको बस पनि झ्याप्ले खोलाको पहिरोमा भेटिएको छ । गोरखाको लापुबेसीबाट छुटेर शुक्रवार रातिदेखि सम्पर्कविहीन बस त्रिभुवन राजपथअन्तर्गत नागढुंगा-नौबीसे सडक खण्डमा पर्ने झ्याप्ले खोलामा भेटिएको हो । बा ४ ख २२७० नम्बरको उक्त बस पहिरोमा पुरिएको

Read More

गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन

Posted on September 29, 2024 | views : 242 | गोरखा - GRK

असोज १२, गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन भएको छ । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ । गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म ख

Read More

कतार भाग्न लागेका गुरुङ विमानस्थलबाट पक्राउ

Posted on September 12, 2024 | views : 384 | गोरखा - GRK

भदौ २७, काठमाडौँ । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष

Read More

धार्चेको पहिरो अपडेट: रेसेमा पहिरोमा बेपत्ता युवकको शव ७ दिनपछि फेला

Posted on August 03, 2024 | views : 277 | गोरखा - GRK

साउन १९, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीय रमेश परियारको शव शनिबार विहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । पर

Read More

बुढीगण्डकीमा भेटिएको शव फेरि हराएपछि...

Posted on July 29, 2024 | views : 371 | गोरखा - GRK

साउन १४, काठमाडौँ । गोरखाको आरुघाट नजिक बुढीगण्डकी किनारमा आइतबार साँझ देखिएको एउटा शव फेरि हराएको छ।  आइतबार साँझ गोरखाको आरुघाट बजारदेखि तल बुढीगण्डकी किनारमा एक युवकको शव फेला परेको सूचना आज (सोमबार) बिहान गोरखा प्रहरीलाई गएको थियो।  ‘हामी आज बिहान त्यहाँ पुग्दा शव थिएन,’ जिल्ला प्रहरी

Read More

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने

Posted on June 09, 2024 | views : 380 | गोरखा - GRK

जेठ २७, गोरखा । त्रिभुवन राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ। सडक मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सो सडकखण्ड अवरुद्ध हुने दमौलीस्थित सडक डिभिजनले जानकारी दिएको छ । उक्त चेनेजमा पहिरो नियन्त्रणको कार्य भइरहेको र हिल साइडमा चर्किएर बसेको चट्टानह

Read More

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

Posted on April 21, 2024 | views : 420 | गोरखा - GRK

बैशाख ९, गोरखा | उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिनुभो । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिए

Read More

आज तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 7759 | गोरखा - GRK

वैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

प्रधानमन्त्रीद्वारा बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन

Posted on April 05, 2024 | views : 493 | गोरखा - GRK

चैत २३, गोरखा | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आज आयोजना गरेको कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेक

Read More

गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्य‍ो, ५ जनाको शव फेला

Posted on March 30, 2024 | views : 769 | गोरखा - GRK

चैत १७, काठमाडौँ | काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदी

Read More

७ बर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

Posted on February 24, 2024 | views : 403 | गोरखा - GRK

फागुन १२, गोरखा | गोरखामा ७ बर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १४ सलाङगिरीका ५७ बर्षीया  सिताराम भन्ने दल बहादुर विश्वकर्मा रहेका छन् । विश्वकर्माले गत फागुन ९ गते बिहान ११ बजेको समयमा  नाबालिकालाई ललाई फकाई

Read More

चेपाङ महिलाको आयआर्जनका लागि बाख्रा वितरण

Posted on February 11, 2024 | views : 611 | गोरखा - GRK

माघ २८, गोरखा | गण्डकी गाउँपालिकामा रहेका चेपाङ समुदायका विपन्न नागरिकलाइ जीविकोपार्जन सहयोगको लागि उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ ।  चेपाङ समुदायको आर्थिक अवस्था सुधारका लागि गण्डकी गाउँपालिकाको वडा नं ७ मा बाख्रा पालन गर्ने किसान छनौट गरी बाख्रा पालन तथा गोठ व्यवस्थापन तालीम

Read More

गोरखामा अकबरे खुर्सानीको व्यावसायिक खेती

Posted on November 21, 2023 | views : 549 | गोरखा - GRK

मङ्सिर ५, गोरखा | गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुआत गरिएको छ । स्थानीय कृषक जीतबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 9831 | गोरखा - GRK

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

गोरखाको स्तुल खोलामा बेलीब्रिज

Posted on November 07, 2023 | views : 685 | गोरखा - GRK

कार्तिक २१, गोरखा | गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए । उ

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 10448 | गोरखा - GRK

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on September 16, 2023 | views : 719 | गोरखा - GRK

भदौ ३०, गोरखा | गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  सिरानचोक गाउँपालिका–४ का २७ वर्षीय रामलाल कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ | भच्चेकबाट गोरखा बजार आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ७ प १५१० नम्बरको मोट

Read More

गोरखा–आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध

Posted on September 01, 2023 | views : 833 | गोरखा - GRK

भदौ १५, गोरखा | पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी

Read More

जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा

Posted on August 17, 2023 | views : 738 | गोरखा - GRK

साउन ३२, गोरखा | उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।  गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ । जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको

Read More

टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ नै भएको भूगर्भ विभागको पुष्टि

Posted on August 10, 2023 | views : 1121 | गोरखा - GRK

साउन २५, काठमाडौँ | गोरखा नगरपालिका-७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ। विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुईदिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ नै

Read More

भीमसेन थापा गाउँपालिकामा आज (मंगलबार) सार्वजनिक बिदा

Posted on July 25, 2023 | views : 579 | गोरखा - GRK

साउन ९, गोरखा | गोरखाको भीमसेनथापा गाउँपालिकाले आज (मंगलबार) आफ्नो पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय विभूति भीमसेन थापाको २४९ औँ जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो । गाउँ कार्यपालिकाको असार १४ को बैठकबाट निर्णय गरेएर पालिकाभर सार्वजनिक ब

Read More

गर्भवतीको पोषणमा कमी हुन नदिनका लागि ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रम

Posted on July 23, 2023 | views : 625 | गोरखा - GRK

साउन ७, गोरखा | गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ । गर्भवती  र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वि

Read More

गोरखामा जिप दुर्घटना अपडेट : मृतक पाँच जनाको पहिचान खुल्यो

Posted on June 23, 2023 | views : 877 | गोरखा - GRK

असार ८, काठमाडौँ | गोरखामा जन्ती बोकेको जिप दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक दर्जन घाइते भएका छन् ।  सहिद लखन गाउँपालिका–२ सिलिङतर्फ जन्ती बोकेर फर्कँदै गरेको प्रदेश ३–०१०२३ नम्बरको जिप घुम्तीबाट २ सय ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेह

Read More

गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द

Posted on June 10, 2023 | views : 667 | गोरखा - GRK

जेठ २७, गोरखा | गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ ।   गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

Read More

गोरखाको अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता

Posted on June 05, 2023 | views : 676 | गोरखा - GRK

जेठ २२, गोरखा | भूकम्पले क्षति पु-याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ ।  गोरखा नगरपालिका–१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै तीन वर्षदेखि पुनःनिर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी भोजराज जैसीले बताउनुभयो

Read More

जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

Posted on May 15, 2023 | views : 612 | गोरखा - GRK

जेठ १, गोरखा | गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–६, घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा परी गण्डकी गाउँपालि

Read More

अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ

Posted on April 24, 2023 | views : 709 | गोरखा - GRK

बैशाख ११, गोरखा | अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार

Read More

प्रधानमन्त्री दाहालद्वारा चुम शताब्दी श्याग्या महोत्सव शुभारम्भ

Posted on April 19, 2023 | views : 649 | गोरखा - GRK

बैशाख ६, गोरखा | उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आजदेखि ‘चुम शताब्दी श्याग्या महोत्सव २०८०’ सुरु भएको छ । ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ प्रकृति र संस्कृतिको संरक्षणका लागि महोत्सवको सुरु भएको चुम शताब्दी श्याग्या महोत्सव २०८० मूल समारोह समितिका अध्यक्ष तथा चुमनुव्री गाउँपा

Read More