प्रधानमन्त्री प्रचण्डद्वारा बूढीगण्डकी आयोजनाको फिल्ड अफिस उद्घाटन

Posted on: 19 Jul, 2023

साउन ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड अफिसको उद्घाटन गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर  बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो । 

लामो समयदेखि चर्चामा रहेर बन्न नसकेको बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत आयोजना निर्माणको काम शुरू हुन सकेको छैन ।

गोर्खा र धादिङको सीमाना भइ बग्ने बूढीगण्डकी नदीमा १२ सय मेगावाटको आयोजना लामो समय चिनियाँ कम्पनीले लाइसेन्स होल्ड गरेर राखेको थियो । 

 सो आयोजना निर्माणका लागि सरकार आफैले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए । प्रधान र फिल्ड कार्यालय उद्घाटनसँगै बूढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!