प्रधानमन्त्री प्रचण्डले भने: माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ

Posted on: 09 Sep, 2023

भदौ २३, गोरखा | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्ने बताएका छन् । सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 

जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एक मात्र पार्टीको माओवादी हो भन्ने  रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे । अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उहाँले चुनौतीपूर्ण अवसरको रूपमा लिएको बताए । 

प्रधानमन्त्रीले भने, ‘‘माओवादी केन्द्रलाई फेरि जनताको बीचमा स्थापित गर्ने र राष्ट्रको जिम्मा लिने एकमात्र पार्टीको रूपमा स्थापित गर्छौँ, हामीले विचार पनि संश्लेषण गर्ने तथा शक्ति पनि आर्जन गर्ने उद्देश्य लिएका छौँ’ अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढङ्गले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिन चाहन्छु ।"

सरकारले  सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर  नयाँ परिवर्तन सुरुवात गरेएको उनको भनाई थियो । भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!