समाज | धादिङ्ग - DHG


धादिङमा यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते

Posted on July 22, 2019 | views : 1750 | धादिङ्ग - DHG

साउन ६, धादिङ  | पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको ज

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19982 | धादिङ्ग - DHG

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

पृथ्वीराजमार्ग अवरुद्ध

Posted on July 12, 2019 | views : 2932 | धादिङ्ग - DHG

असार २७, मुग्लिन | पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।  मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध  भएको हो ।  डोजर लगाएर लेदो पन्छाउने काम भ

Read More

धादिङमा दुर्घटना हुदाँ सिद्दलेक गाउँपालिका अध्यक्ष घाइते

Posted on July 11, 2019 | views : 1838 | धादिङ्ग - DHG

असार २६,  धादिङ | धादिङबेंसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गर्नुभएका सोही गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँदा उहाँ घाइते हुनुभएको छ ।  धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नंको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नंको मोटरसाइकल चालक २३

Read More

धादिङमा गाँजासहित एक पक्राउ

Posted on July 11, 2019 | views : 1551 | धादिङ्ग - DHG

असार २६, धादिङ | गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।  अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानका

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18917 | धादिङ्ग - DHG

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

धादिङको ज्वालामुखी ५ लाई केन्द्रविन्दु बनाई भूकम्पको धक्का महशुस

Posted on June 27, 2019 | views : 4986 | धादिङ्ग - DHG

असार १२, काठमाडौँ | धादिङको ज्वालामुखी ५ (साविकको खरी गाविस) लाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महशुस  भएको छ । बिहीबाार राति १० बजेर २१ मिनेट जाँदा उक्त क्षेत्रलाई केन्द्रविन्दु बनाई ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।  भूकम्प मापन केन्द्रको नक्सा अनुसार भूकम्पको धक्का खरीबाट उत्तरतर्

Read More

पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध

Posted on June 27, 2019 | views : 2056 | धादिङ्ग - DHG

असार १२, धादिङ । माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् ।  सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछ

Read More

प्रदेश नं ३ : दुई विधेयक पारित

Posted on June 26, 2019 | views : 2931 | धादिङ्ग - DHG

असार ११, हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकले कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको (क), (ख) र (ग) विधेयकलाई बहुमतले पारित गरेको छ ।  उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढ

Read More

धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

Posted on June 21, 2019 | views : 1748 | धादिङ्ग - DHG

असार ६,काठमाडौं । धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार त

Read More

धादिङमा पास्नीको भोज खाँदा ३० जना बिरामी

Posted on June 13, 2019 | views : 2099 | धादिङ्ग - DHG

जेठ ३०, धादिङ । नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खाएकामध्ये ३० भन्दाबढी बिरामी परेका छन् । बुधबार रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० भन्दाबढी बिरामी परेको र १९ जनाको अवस्था जटिल भएकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उ

Read More

आँखुमा बगेर बिद्यार्थी बेपत्ता: प्रहरी, जनप्रतिनिधि र स्थानीयलाई अग्रिम जानकारी थिएन

Posted on June 13, 2019 | views : 5623 | धादिङ्ग - DHG

अनिल अधिकारी | जेठ ३०, काठमाडौँ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया बिपना भुषाल आँखु खोलाले बगाएर बेपत्ता भइन् । यो समाचार तयार पार्दासम्म उनको खोजि कार्यमा प्रहरी लगायत सुरक्षा कर्मी र स्थानीयहरुको प्रयास जारी छ ।  काठमाडौ

Read More

हाइड्रोपावरले ड्याम खोल्दा दाङ घर भएकी एक युवती बेपत्ता

Posted on June 13, 2019 | views : 2487 | धादिङ्ग - DHG

जेठ ३०, धादिङ | धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् ।  लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्य

Read More

बूढीगण्डकीबाट किन हट्यो गेजुवा ?

Posted on June 06, 2019 | views : 3157 | धादिङ्ग - DHG

जेठ २३, काठमाडौं । चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेसन (सीजीजीसी) बूढीगण्डकी आयोजनाबाट पछि हटेको छ । लागत बढाउने चलखेल गर्न नपाउने भएपछि गेजुवाले आयोजनाबाट हात झिकेको हो । बूढीगण्डकी जलाशययुक्त (१२ सय मेगावाट) को ठेक्काको सम्झौता मात्र गर्न बाँकी थियो । गेजुवाले नेपालका उच्च राजनीतिक नेतृत्व

Read More

झापा, धादिङ र बर्दियाका वालकहरुलाई भारतबाट उद्धार

Posted on June 02, 2019 | views : 2172 | धादिङ्ग - DHG

माधव बेल्वासे | जेठ १९, (कपिलवस्तु) । भारतबाट तीन बालकको उद्धार गरीएको छ । शान्ति पुनस्र्थापना गृह केन्द्रिय कार्यालयले झापा, धादिङ र बर्दियाका वालकहरुलाई उद्धार गरेको हो । झापाका १४ वर्षे वालक बिराटनगरमा भारतीय ट्रक ड्राइभरले विभिन्न प्रलोभनमा पारि भारत लगेको र त्यहा विभिन्न यातना दिएपछि बालकलाई प्

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17943 | धादिङ्ग - DHG

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

धादिङमा बस दुर्घटनामा एक जनाको मृत्यु

Posted on May 29, 2019 | views : 2564 | धादिङ्ग - DHG

जेठ १५, धादिङ । थाक्रे गाउँपालिका वडा नं १ खयरघारीबाट महेश खोलामा बस खस्दा आज एक जनाको मृत्यु भएको छ ।  पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस खोलामा राजमार्गबाट खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको सनाखत नभएको प्रहरीले जनाएको छ ।  सडकबाट बस खोलामा खसेपछ

Read More

धादिङ : दुई झाँक्रीको हत्या गर्ने २६ जनालाई कैद फैसला ( नामसहित )

Posted on May 23, 2019 | views : 1582 | धादिङ्ग - DHG

जेठ ९, धादिङ । गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई भने सफाइ दिइएको छ ।  चौँतीस वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय

Read More

धादिङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

Posted on May 20, 2019 | views : 1694 | धादिङ्ग - DHG

जेठ ६ धादिङ । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।

Read More

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

Posted on May 19, 2019 | views : 2341 | धादिङ्ग - DHG

जेठ ५, धादिङ (रासस) | झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घ

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15976 | धादिङ्ग - DHG

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

धादिङमा भिरमौरीको मह खाँदा दश जना बिरामी

Posted on May 05, 2019 | views : 2014 | धादिङ्ग - DHG

  वैशाख  २२,  धादिङ । विकट उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भिर मौरीको मह खाँदा आज १० जना बिरामी परेका छन् । बिरामीपर्नेमा ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ, २० वर्षीय हिमाल विक, २४ वर्षीय लालु विक, १५ वर्षीया सुष्मा तामाङ, १६ वर्षीय मे लामा तामा

Read More

धादिङमा सवारी दुर्घटनामा परि दुई युवकको मृत्यु

Posted on May 01, 2019 | views : 1906 | धादिङ्ग - DHG

वैशाख १८, धादिङ । पृथ्वीराजमार्गस्थित गल्छी गाउँपालिका–४ बेल्खुमा आज मोटरसाइकल र माइक्रो बस एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि आएको अर्को सवारी साधनले मोटर साइकलमा सवार दुई जनालाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ । चितवनबाट काठमाडाँैतर्फ जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल र का

Read More

१२ बर्ष पछि हत्यारा पक्राउ, देउसी खेल्न जान नमानेपछि आठ जनाले गरेका थिए हत्या

Posted on April 30, 2019 | views : 2530 | धादिङ्ग - DHG

वैशाख १७, धादिङ | कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ । उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–२ कामीगाउँका २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जान नमानेको आरोपमा कुटपिट गरी विसं २०६३ कात्तिक ७ गते सोही ठाउँका आठ ज

Read More

नौबिसे केन्द्रबिन्दु भएर पुन: तेस्रो पटक भूकम्प

Posted on April 24, 2019 | views : 2152 | धादिङ्ग - DHG

बैशाख ११,  काठमाण्डौ – बुधबार धादिङको नौबिसे केन्द्रबिन्दु भएर भूकम्पको  तेस्राे परकम्प गएकाे छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलकाे परकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २

Read More

मनकामना जाँदै गरेको बस त्रिशूलीमा खस्यो, दुई जनाको मृत्यु

Posted on April 21, 2019 | views : 1783 | धादिङ्ग - DHG

वैशाख ८, धादिङ । पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । काठमाडौँबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ४ ख १४१५ नम्बरको बस उछिन्ने क्रममा सडकबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा मृत्यु हुनेम

Read More

धादिङमा बसले ठक्कर दिंदा एक जनाको मृत्यु

Posted on April 19, 2019 | views : 2420 | धादिङ्ग - DHG

वैशाख ६, धादिङ । धादिङबेसीबाट काठमाडौँतर्फ आउँदैै गरेको यात्रुबाहक बसले आज कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारामा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । बा ४ ख ८६६७ न।ं को बसले नीलकण्ठ नगरपालिका–८ निवासी ५० वर्षीय ज्ञानबहादुर दाहालको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहर

Read More

धादिङमा बसको ठक्करबाट एकजनाको मृत्यु

Posted on April 19, 2019 | views : 2262 | धादिङ्ग - DHG

चैत ६, काठमाडौं । धादिङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार विहान धादिङबेशीबाट गजुरीतर्फ आउँदै गरेको बा४ख ८६६७ नम्बरको बसले निलकण्ठ नगरपालिका-८ ससाह चौतारास्थित कालुपाण्डे राजमार्गमा ठक्कर दिदा स्थानीय ५० वर्षीय ज्ञानबहादुर दाहालको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र चालक निलकण्

Read More