जिल्ला कारागार धादिङमा थुनुवाको मृत्यु

Posted on: 05 Jan, 2024

पुस २०, धादिङ | जिल्ला कारागार शाखा धादिङमा पुर्पक्षका लागि थुनामा रहेका  गल्छी गाउँपालिका -७ का ८१ वर्षीय कृष्ण बहादुर सुनारकाे मृत्यु भएको छ ।

५ वर्षीया बालिका बलात्कार मुद्दामा पुष ८ गतेदेखि थुनामा रहेका सुनारको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दमकाे रोगी रहेका सुनार अघिल्लो दिनदेखि बिरामी परेकाे कारागारमा अन्य कैदीले दालकाे झाेल खुवाएपछि बान्ता गरेकाे जिल्ला कारागार शाखाका प्रमुख राममणि मिश्रले जानकारी दिए । दम बढेपछि शिथिल भएका सुनारकाे १ दिनपछि पुस १७ गते अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको मिश्रले बताए ।

घटनापछि शवको धादिङ अस्पतालमा पोस्टमार्टम भयो । परिवारले साेहिदिन गल्छी गाउँ पालिका-७ का वडा अध्यक्ष हरि खतिवडाको समेत उपस्थितिमा शव बुझेर लगेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!