दाङमा आफ्नै बुवाको घाँटी रेटेर हत्या

Posted on: 16 Feb, 2022

फागुन ४, दाङ । दाङमा एक युवाले आफ्नै बुवाको घाँटी रेटेर हत्या गरेका छन्।

शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी २० वर्षीय गोपाल पुनमगरले बुवा ६३ वर्षीय कर्णबहादुर पुनको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

बुधबार दिउँसो पानीको गाग्री बोकेर घर आएका बुवामाथि पुनले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए।

घटनास्थलमा प्रहरी पुगेर पुनलाई नियन्त्रणमा लिइसकेको प्रमुख काफ्लेले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!