दाङमा वनभोज हिँडेको बस दुर्घटना, २० जना घाइते

Posted on: 31 Dec, 2023

पुस १५, दाङ | दाङमा वनभोज हिँडेको बस दुर्घटना भएको छ। बर्दियाबाट वनभोज (पिकनिक)का लागि जाँदै गरेको बस दाङको  तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा दुर्घटना भएको हो। 


उक्त बस बर्दियाको बढैया ताल गाउँपालिका–६  मैना पोखरमा रहेको पिपरहवा कृषि कृषक समूहबाट पिकनिकका लागि दाङको चखौरा जाँदै थियो। भे १ ख २०४१ नम्बरको बस बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउ वनको उकालोमा दुर्घटना हुँदा करिब २० जना भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!