तुलसीपुर मालपोतका दुई कर्मचारी घुससहित पक्राउ

Posted on: 21 Nov, 2020

मंसिर ६, दाङ | तुलसीपुरका  मालपोत कार्यालयका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन्  | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलिले कार्यालयका दुई जना कर्मचारीलाई ३ लाख २० हजार रकमसहित रंगेहात पक्राउ गरेको हो |

घुस रकमसहित मालपोत कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेको अख्तियार कार्यालय नेपालगञ्ज प्रमुख गणेश गैरेले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताए | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!