१२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप लगाइदै, सातै प्रदेशमा एकै पटक दिइने

Posted on: 19 Dec, 2021

पुस ४, काठमाडौँ | आजदेखि सरकारले १२ देखि १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ। सातै प्रदेशका ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १४ पसिसम्म मोडर्ना खोपको पहिलो मात्रा लगाउन लागेको हो। यसअघि फाइजर खोप दिन सुरु नगरिएका जिल्लाहरुमा मोडेर्ना खोप लगाउने निर्णय भएको हो।

फाइजर खोप दिन थालिएका जिल्लाहरुमा भने पुस १३ देखि २२ गतेसम्म यो अभियानलाई ब्यापक बनाईनेछ। फाइजर खोप लगाइने जिल्लाहरुमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा, सुर्खेत र कैलाली रहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!