विवाह गर्ने भन्दै बोलाएर १९ वर्षीय युवतीमाथि सामूहिक बलात्कार, चार युवक पक्राउ

Posted on: 04 Oct, 2024

असोज १८, दाङ | दाङमा १९ वर्षीय एक युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर ४ जनाले सामूहिक बलात्कारमा गरेका छन्।

बिहीबार गढवा गाउँपालिका–५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खाली घरमा युवतीलाई बोलाएर चार जनाले पालैपालो जबर्जस्ती करणी गरेका दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिएका हुन्।


१९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएका प्रहरी अनुसन्धानको क्रममा खुलेको छ। 

किरणले बोलाएपछि गएकी युवतीलाई किरणसहित चारजनाले बलात्कार गरेका डीएसपी थापाले जानकारी दिए।

घटनामा संलग्न रहेका किरण चौधरीसहित २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी, र २१ वर्षीय सन्दिप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!