मदिरा सेवन गरेर टाउकोमा रड प्रहार गरी आफ्नै श्रीमतीको हत्या

Posted on: 29 Jul, 2024

साउन १४, दाङ । दाङको राजपुर गाउँपालिकामा एक पुरुषले रडले हानेर श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका-१ रसरीखोला निवासी ३८ वर्षीय गणेश घर्तीले आइतबार राति मदिरा सेवन गरी आफ्नै श्रीमती ३६ वर्षीय वसन्ती घर्तीको हत्या गरेका हुन् ।

मदिराले लठ्ठिएका गणेशले टाउकोमा रडले हानेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालीका कार्कीले जानकारी दिइन् ।

प्रहरीका अनुसार श्रीमान्-श्रीमतीबीच पहिल्यैदेखि विवाद हुन्थ्यो । पटक-पटक स्थानीय र प्रहरीले विवाद मिलाएका थिए । आइतवार बेलुकी खाना खाएर सुतेको र सोमबार बिहान साढे ९ बजेसम्म ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गणेश घटनास्थलबाटै पक्राउ परेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!