नेपाली सेनाका अमलदारले खुकुरी प्रहार गरि गरे श्रीमतीको हत्या

Posted on: 07 Jun, 2024

जेठ २५, दाङ । दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदारले श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपुर उपहानगरपालिका वडा ६ राप्ती टोलस्थित गोकर्ण चन्दको घरमा डेरा गरी बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिए ।

शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सल्यानको कपुरकोट घर भएका शालिकराम ज्वालादल गण बारामा कार्यरत थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले आज बिहान सवा ८ः५० बजेतिर शालिकरामले श्रीमतीको हत्या गरेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

शान्तिसेनाबाट फर्किएर बिदामा घर आएका बुढाथोकीले श्रीमतीलाई आज बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रारम्भिक बयानमा खुलेको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!