मंसिर २, वीरगञ्ज | पर्सा सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको छ |
वन कार्यालय पर्साका प्रमुख राजेश्वरमान श्रेष्ठका अनुसार सवडिभिजन वन कार्यालय बढनिहारबाट सुवेेदार प्रदीप तिमल्सिना नेतृत्वको गस्ती र साइकलमा काँचो सालको गोलिया ल्याउँदै गरेका तस्कर समूहबीच जम्काभेट भएपछि तस्कर समूहले वन गस्ती टोलीलाई लक्षित गरी एक राउण्ड फायर गरेको थियो | जवाफमा वन गस्ती टोलीले दुई राउण्ड फायर गरेको डिभिजन ले
घटनास्थलबाट वन गस्ती टोलीले चार वटा सालको गोलिया काठ, काठ ओसार्न प्रयोग गरिएको साइकल ४ थान, दुईवटा हाते आरा र दुई वटा बञ्चरो बरामद गरेको वन गस्ती टोलीले जनाएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!