थप १५७३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

Posted on: 27 Sep, 2020

असोज ११, काठमाण्डाै । नेपालमा गएको २४ घण्टामा एक हजार पाँच सय ७३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका सङ्क्रमितको कुल सङ्ख्या ७३ हजार तीन सय ९४ पुगेकाे छ । 

गएको २४ घण्टामा १० हजार एक सय २३ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा सङ्क्रमण देखिएकाे हाे ।

गएकाे २४ घण्टामा आठ सय ८५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ ।  

अब नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!