मेलम्ची खानेपानी आयोजनामा कसैको गिद्दे नजर पर्न दिन्नँ: मन्त्रि मगर

Posted on: 22 Feb, 2019

फागुन १०, काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको गिद्दे नजर पर्न नदिने बताएका छन् ।

मेलम्चीको पानी काठमाडौं ल्याउन ठेकेदार कम्पनीलाई नै जिम्मा दिने आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै सचिवले त्यसअनुसार काम नगरेकाले सरुवा गरेको उनले मन्त्री मगरले बताइन् । 

मन्त्री मगरले कहिलेकाहीँ सही ट्रयाक लिन खोज्दा विभिन्न भ्रम फैलिएको दावीसमेत गरिन् ।

सांसदहरुले खानेपानी मन्त्रालयबाट हालै सरुवा गरिएका सचिव गजेन्द्र ठाकुरले मन्त्रीले कमिसन खान खोजेको आरोप लगाएका विषयमा पनि प्रश्न गरेका थिए । मन्त्री मगरले त्यस विषयमा आफूले नभई सम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने बताइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!