परिवारले बुझे भागरथीको शव

Posted on: 19 Feb, 2021

फागुन ७, काठमाडौँ । बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगाड केदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको शव परिवाले बुझेका छन् । भागरथीको हत्यारा पत्ता नलागुन्जेल शव नबुझ्ने बताएका परिवारले शुक्रबार भएको छलफलपछि जिल्ला अस्पताल बैतडीमा रहेको शव बुझेका हुन् ।

जबरजस्ती करणीपछि हत्या गरेको अभियोगमा स्थनीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको थियो । बुधबार प्रहरीले उनलाई जिल्ला अदालत बैतडीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारेको प्रहरीको दाबि छ । 

उनको पोष्टआर्टम माग २४ मा भएपनि शव भने जिल्ला अस्पताल बैतडीमा राखिएको थियो । गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भागरथी माघ २२ गते दिउँसो सोही ठाउँस्थित लडालेक भन्ने लबलेक जंगल सडक छेउमा मृत फेला परेकी थिइन् । 

उनको टाउकोमा चोट, घाँटीमा दबाए जस्तो डाम, खुट्टाको औंलामा निल डाम घाउ भेटिएको थियो । दिनेशले दिएको बयान अनुसार भागरथी आईपुगेपछि सडक भन्दा तलतर्फ धकेली हत्या गरेको दिनेशले स्वीकारेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!