उदयपुरमा तीन जनाको शव हत्या गरिएको अवस्थामा फेला

Posted on: 02 Sep, 2022

भदौ १७, उदयपुर | उदयपुरको बेलका नगरपालिकामा हत्या गरिएको अवस्थामा तीन जनाको शव फेला परेको छ।

बेलका नगरपालिका-७ गोबाटारका एक पुरुषले आफ्नै नजिकको परिवार सदस्यका तीन जनाको हत्या गरेको प्रहरीले जनाएको छ।

उदयपुर प्रहरी प्रवक्ता राकेश पोदारका अनुसार ती व्यक्तिले ३ जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्ने सूचना प्राप्त भएसँगै प्रहीको टोली घट्नास्थलतर्फ जाँदै गरेको बताएका छन्।

हत्यामा संलग्ग रहेका भनिएका नरबहादुर बस्नेतलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको पोदारले बताएका छन्।

मृत्यु हुनेहरुको परिचयसँगै थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!