रौतामाईका अध्यक्ष भन्छन्– पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्नेलाई दिन्छु

Posted on: 28 May, 2022

जेठ १४, उदयपुर | रौतामाई गाउँपालिका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार आले मगरले आफूले पाउने मासिक पारिश्रामिक बापतको रकम नलिने घोषणा गरेको छ । उनले शनिवार पदभार ग्रहण गर्दै प्राप्त हुने पारिश्रमिक  परोपकारको क्षेत्रमा काम गर्ने संस्थालाई दिने घोषणा गरे । 

माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट निर्वाचित अध्यक्ष मगरले पारिश्रामिक रकमलाई कोषको रुपमा विकास गरेर विपन्न नागरिकको आवश्यक्तालाई पहिचान गरेर सहयोग पु¥याउने जानकारी दिए । मगर २०७४ सालमा पनि गाउँपालिका अध्यक्षको उम्मेदवार थिए । त्यसबेला झिनो मतले पराजित भएका थिए । मगर यसपटक भने एमालेका उम्मेदवार भरतबहादुर थापालाई फराकिलो मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका भुपेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष मगरले सम्पूर्ण क्षेत्रसँग सहकार्य र सल्लाह गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!