वनभोज गएको स्कुल बस दुर्घटना हुँदा चालकसहित ३ को मृत्यु, ३६ जना घाइते

Posted on: 25 Nov, 2023

मङ्सिर ९, उदयपुर | उदयपुरमा वनभोज गएको स्कुल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।

शनिबार उदयपुरगढी गाउँपालिका-७ मा अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बसमा भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू चढेको बस दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले बताए।

अधेरी झर्ना नजिकै दुर्घटनामा परी त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा ६ का ७ वर्षीया सम्या चौधरी र ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ३६ जना घाइते भएको डीएसपी चौधरीले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ। 

स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चौधरीले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!