सिराहाको जिल्ला प्रहरी कार्यालयभित्रै एक महिला प्रहरी जवान मृत फेला

Posted on: 13 Jun, 2024

जेठ ३१, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् ।  महिला तथा बालबालिका सेलमा कार्यरत प्रहरी जवान करिष्मा सुनार शौलाचयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

करिष्मा सुनार बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय हुन् । सलको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा भेटिएकी सुनारको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएका छन् । उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!