धान रोपाइँका लागि चन्द्रनगर गएका थिए पूर्वराज्यमन्त्री राय, उतै मारिए

Posted on: 22 Jul, 2024

साउन ७,  सर्लाही  ।  गएराति सर्लाही चन्द्रनगर गाउँपालिका- १ रतनपुरमा धारिलो हतियार प्रहार गरी पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।

राय २०५६ सालमा भएको आम निर्वाचनमा सर्लाही- ३ बाट निर्वाचित भएपछि राजा ज्ञानेन्द्रको शासन कालमा केही महिना भूमिसुधार राज्यमन्त्री भएका थिए। त्यतिबेला उनी नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट निर्वाचित भएका थिए। 


मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका दाजुसमेत रहेका राय धान रोपाइँको लागि एक सातादेखि चन्द्रनगरस्थित घरमा बस्दै आएको खुलेको छ

उनका पत्नीसहितका आफन्त भने काठमाडौँमा बस्दै आएका प्रहरीले जनाएको छ। उनी एकजना आफन्तसमेत रहेका कामदार युवकसँगै घरमा बस्थे।  

ती युवकले राति १ बजे स्थानीय प्रहरीलाई घटनाबारे खबर गरेपछि मलंगवाबाट प्रहरी टोली घटनास्थलमा पुगेका थियो। 

उनको उखु काट्न प्रयोग हुने दाउले टाउकामा प्रहार गरेर हत्या भएको प्रहरीले जनाउको छ। कुराकानी गर्न भन्दै राति ९ बजेतिर नचिनेका ३ जना मान्छे घरमा आएपछि रायले ती युवकलाई माथि गएर सुत्न भनेका थिए। राति १ बजेतिर उठेर हेर्दा रायलाई मृत फेला पारेको ती युवकले बताएका छन्।

उनी दिउँसो मलंगवा नगरपालिका- ४ स्थित घर आएर पुनः चन्द्रनगर फर्किएका प्रहरी अनुसन्धानले देखाएको छ।

यो पनि:

यस बिषयमा तपाइको प्रतिक्रिया...!