सर्लाही २ मा यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति लोसपाको आपत्ति

Posted on: 13 Oct, 2022

असोज २७, सर्लाही | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका उम्मेदवार महीन्द्र राय यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति आपत्ति जनाएको छ। 

सत्ता गठबन्धनका चार घटकले केही उम्मेदवारको प्रष्टीकरण गर्ने उद्देश्यले बुधबार जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको लोसपाले जनाएको छ। सत्ता गठबन्धनको उक्त विज्ञप्ति कांग्रेस सभापति शेरबहादुर देउवासँग २२ असोजमा भएको सहमतिविपरीत रहेको लोसपाको ठहर छ।


बुधबार कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै सर्लाही २ मा गठबन्धनका महीन्द्र राय यादव साझा उम्मेदवार रहेका जनाएका थिए। यादव माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेका छन् । सोही कारण प्रचण्डको दबाबमा बुधबार सत्ता गठबन्धनले विज्ञप्ति निकालेको स्रोतले बतायो ।

लोसपाले सर्लाही २ मा मित्रवत प्रतिष्पर्धा गर्ने, सर्लाही २ (क) मा कांग्रेसको उम्मेदवार हुने तथा सर्लाही २ (ख), सर्लाही १ (क), महोत्तरी १ (क) र महोत्तरी २ (क) मा लोसपाको उम्मेदवार हुने सहमति भएको प्रस्ट पारेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!