सर्लाहिमा यहि पौष २९ गत्ते शनिवारका दिन साहित्यिक जमघट

Posted on: 08 Jan, 2018

पुस २४, सर्लाही | सर्लाहिमा यहि पौष २९ गत्ते शनिवारका दिन साहित्यिक जमघट एवम रचना वाचन कार्यक्रम हुने भएको छ । सर्लाहि साहित्य समाज र ढुकढुकी एफ.एम. को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

समाज र रेडियो को संयुक्त आयोजनामा हरेक महिनाको अन्तिम शनिवार कार्यक्रम गर्ने कार्यतालीका अनुसार नै पौष २९ गत्ते कार्यक्रम गर्न लागीएको ढुकढुकी एफ.एम.का स्टेशन म्यानेजर क्षितिज बिश्वकर्माले जानकारि दिनुभयो । सर्लाहि जिल्लामा साहित्यमा रुचि राख्ने ब्यक्तिहरु धेरै भएता पनि उहाँहरुको रचनाको उचित सम्मान एवम प्रतिभाको कदर गर्ने थलो नभएकोले रेडियोकै पहलमा कायक्रमको सुरुवात गरिएको स्टेशन म्यानेजर बिश्वकर्माको भनाई छ ।

कार्यक्रममा सर्लाहि जिल्ला लगाएत आसपासका जिल्लाका साहित्य अनुरागीहरुको पनि सहभागीता हुने स्टेशन म्यानेजर बिश्वकर्माले जानकारि दिनुभयो । सर्लाहिमा सर्लाहि साहित्य समाज भएपनि साहित्यिक कार्यक्रम बिरलै हुने गरेको छ । कार्यक्रम ढुकढुकी एफ.एम.को प्रांगणमा मध्यान्ह १२ बजे हुने सर्लाहि साहित्य समाजकी अध्यक्ष मिना देवकोटाको भनाई छ । जिल्ला भित्र तथा बाहिर रहनुभएका सम्पुर्ण साहित्यमा रुचि राख्नुहुने महानुभावहरुलाई उक्त कार्यक्रममा उपस्थित भईदिन सर्लाहि साहित्य समाज र ढुकढुकी एफ.एम.ले अनुरोध गरेको छ ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!