प्रहरीलाई आयो गोप्य सूचना,१ करोड बढीको सामग्री बरामद

Posted on: 06 Sep, 2022

भदौ २०, नवलपुर | नवलपरासी प्रहरीले १ करोड रुपैयाँ बढीको अवैध सामग्री बरादम गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ५१६८ नंको ट्रकबाट १ करोड २६ हजार ९९० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरिएको हो।

ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उनले जानकारी दिए। बरामद सामान, ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!