अटो दुर्घटनामा एमाले नवलपुर जिल्ला कमिटी सदस्यको निधन, दुई घाइते

Posted on: 20 Mar, 2024

चैत ७, नवलपरासी | पूर्वी चैत ७, नवलपरासी |नवलपरासीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका ११ कोटथर गरगरेस्थित भित्रि सडक खण्ड दमाबाट अरुणखोला आउँदै गरेको ग. प्र. ०४–००१ ह ००४ नम्बरको अटो नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

दुर्घटनामा मध्यविन्दु १२ निवासी ७० वर्षीय भुपलाल अर्यालको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते अर्यालको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो।

त्यसैगरी दुर्घटनामा परी मध्यविन्दु १० निवासी ७६ वर्षीय टिकादेवी काफ्ले, मध्यविन्दु १२ निवासी ७० वर्षीय तोयनाथ पोख्रेल घाइते भएका छन्। उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। अटो चालक प्रहरी निणन्त्रणमा छन्। निधन भएका अर्याल एमाले नवलपुरका जिल्ला कमिटी सदस्य हुन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!