नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी, एक जना पक्राउ

Posted on: 20 Nov, 2022

मङ्सिर ४, नवलपरासी | नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।

स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालयमाा भोट हाल्न गएका युवा नारायण भण्डारीले बडीलोसन छर्केर आगो लगाएका हुन् ।


आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!