नवलपरासी– १ मा विनोद चौधरी, २ मा प्रधान अगाडि

Posted on: 21 Nov, 2022

मङ्सिर ५, नवलपरासी । पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ । मतपरिणामअनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार अरबपति विनोद चौधरीले अग्रता लिनुभएको छ । 

दुई हजार दुई सय मत गन्दा उद्योगपति चौधरी आठ सय ५३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले छ सय ३२ मत प्राप्त गर्नुभएको छ । चौधरी त्रिपाठीभन्दा दुई सय ८१ मतले अगाडि हुनुहुन्छ । 

यस्तै निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा हुनुहुन्छ । दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!