मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 09 Sep, 2024

भदौ २४ , नवलपरासी । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु१७प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनवल-९ स्वाठीका करिब २६ वर्षका रामनाथ कंवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!