समाज | म्याग्दी - MGD


अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

Posted on May 26, 2023 | views : 575 | म्याग्दी - MGD

जेठ १२, बेनी | अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै म

Read More

मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन सक्रियता बढ्यो

Posted on May 22, 2023 | views : 598 | म्याग्दी - MGD

जेठ ८, बेनी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ ।  नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्जोग ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार भएप

Read More

तातोपानीको नयाँ मुहान भेटियो

Posted on May 22, 2023 | views : 841 | म्याग्दी - MGD

जेठ ८, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुन्जे गाउँमुनिको पहाडको फेदी र काली गण्डकी नदीको किनारमा प्राकृतिक रुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । बेनी–जोमसोम सडकको भिरकाटे पारी काली गण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको देखेप

Read More

धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो

Posted on May 13, 2023 | views : 538 | म्याग्दी - MGD

बैशाख ३०, म्याग्दी | धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।  पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय

Read More

आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन

Posted on May 10, 2023 | views : 763 | म्याग्दी - MGD

बैशाख २७, म्याग्दी | आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो ।  आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४

Read More

डोको बुनेरै बित्यो ५० वर्ष

Posted on May 08, 2023 | views : 574 | म्याग्दी - MGD

वैशाख २५, म्याग्दी | म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर(माइला) सार्की एकापसमा परिचित हुनुहुन्न तर उँहाहरुको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गर्नुभएको छ ।  उन्नाइस वर्षको उमेरदेखि चोयासँ

Read More

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

Posted on May 05, 2023 | views : 567 | म्याग्दी - MGD

बैशाख २२, बेनी | धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका उहाँ युवावस्थामा देश तथा विदेशमा समेत पुग्नुभयो । विदेशको विकासको समेत अनुभूति सँगाल्नुभएका उहाँले आफ्नै गाउँमा समेत विकासका पू

Read More

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु, एकको जीवित उद्धार

Posted on April 18, 2023 | views : 621 | म्याग्दी - MGD

वैशाख ५, म्याग्दी | म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ ।  काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उच

Read More

बर्खा नलाग्दै पहिरोको त्रास, बचेको बस्ती पनि उजाडिने डर

Posted on April 14, 2023 | views : 592 | म्याग्दी - MGD

बैशाख १, गलेश्वर | पहिरोका कारण चिराचिरा परेको तोराखेत गाउँमा वस्छन् ३२ घरका डेढ सय परिवार । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो । दुई दशकको अवधिमा गाउँबाट ६० भन्दा बढी व्यक्तिले बसाइँसराइ गरे पनि ७३ वर्षीय भक्तबहादुर सापकोटाले भने गाउँ छोडेर अन्यत्र बस

Read More

म्याग्दीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

Posted on March 27, 2023 | views : 718 | म्याग्दी - MGD

चैत १३, म्याग्दी | म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  प्रहरी नायब उपरीक्षक

Read More

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

Posted on March 06, 2023 | views : 1007 | म्याग्दी - MGD

फागुन २२, म्याग्दी | कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल  अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«किङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो ।  काठमाडौँबाट अल्था

Read More

जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला

Posted on January 26, 2023 | views : 1015 | म्याग्दी - MGD

माघ १२, गलेश्वर | कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला आज

Read More

महोत्सवमार्फत संस्कृति र परम्परा संरक्षण गरिँदै

Posted on January 19, 2023 | views : 1145 | म्याग्दी - MGD

माघ ५, बेनी | बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि यसले धेरैको ध्यान तान्न सफल भयो । नेवार समुदाय

Read More

‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणले बङ्गुर मर्न थाले

Posted on January 01, 2023 | views : 964 | म्याग्दी - MGD

पुस १७, बेनी | देशका विभिन्न स्थानमा बङ्गुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणका कारण म्याग्दीमा समेत बङ्गुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बङ्गुरमा सङ्क्रमण  देखिएपछि हालसम्म तीन सयभन्दा बढी बङ्गुर मरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दील

Read More

मुस्ताङका कृषकलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

Posted on December 26, 2022 | views : 942 | म्याग्दी - MGD

पुस ११, म्याग्दी | मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो ।  दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने

Read More

दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सङ्कलन

Posted on December 16, 2022 | views : 1021 | म्याग्दी - MGD

पुस १, म्याग्दी | मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छ

Read More

म्याग्दीको दर्मिजामा रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण

Posted on November 27, 2022 | views : 908 | म्याग्दी - MGD

मङ्सिर ११, म्याग्दी | उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दर्मिजा गाउँमा हालै सम्पन्न गाउँलेको भेलाले रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण गरेको छ । परम्परा, रीतिरिवाज र स्थानीयको एकताका कारण व्यवस्थित गाउँका रुपमा परिचित दर्मिजाका गाउँलेको भेलाले गाउँमा उत्पादित खाद्यान्न,

Read More

म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभयो

Posted on November 20, 2022 | views : 898 | म्याग्दी - MGD

मङ्सिर ४, म्याग्दी | प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।  मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो ।  म्याग्दीक

Read More

कृषिमा नै समृद्धिको खोजी गर्दै म्याग्दीका किसान

Posted on November 18, 2022 | views : 834 | म्याग्दी - MGD

मंसिर २, म्याग्दी | म्याग्दीका ग्रामीण क्षेत्रमा टनेल (प्लाष्टिकका घर)ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन् । टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन् । ती प्लाष्टिकका

Read More

म्याग्दीमा पहिरोमा पुरिएर एकै घर–परिवारका पाँच जनाको मृत्यु

Posted on August 02, 2022 | views : 1220 | म्याग्दी - MGD

साउन १७, म्याग्दी | मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नविन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीय

Read More

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

Posted on August 01, 2022 | views : 1218 | म्याग्दी - MGD

साउन १६, म्याग्दी | म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ ।  पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।   अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ । 

Read More

म्याग्दीमा ३८ वर्षीया महिला बलात्कृत

Posted on May 30, 2022 | views : 1663 | म्याग्दी - MGD

जेठ १६, म्याग्दी | म्याग्दीका ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–९ घतान बस्ने ६२ वर्षीय भक्ते दमाईलाई आइतबार पक्राउ गरेको छ ।  दमाईले ती महिलालाई खेतमा काम गरी फर्कने क्रममा आफ्नै घरमा लगि शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

Read More

गोरू काट्दै गरेको अवस्थामा नौ जना पक्राउ

Posted on May 27, 2022 | views : 2399 | म्याग्दी - MGD

जेठ १३, म्याग्दी | मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको  छ ।  पक्राउ पर्नेमा सोही गाउँपालिका–६ दुखुबेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् । उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 21266 | म्याग्दी - MGD

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

जलवायु परिवर्तनकोअसर: बेमौसममै फुल्न थाल्यो लालिगुरास, उच्च हिमाली बस्तीमा पनि लामखुट्टे

Posted on March 07, 2022 | views : 2536 | म्याग्दी - MGD

फागुन २३, गलेश्वर ।  सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् ।यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र एँसेलुजस्ता जङ्गली फल पन

Read More

लागत खर्च जुटाउन नसकेर लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्वे रोकियो

Posted on March 06, 2022 | views : 1128 | म्याग्दी - MGD

फागुन २२, गलेश्वर । लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम रोकिएको छ । लुलाङको ओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गका लागि रु दुई अर्ब छ करोड लाग्ने र सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक

Read More

लोप भए टुकी र दियालो, देखिनै छोडे आरन

Posted on March 02, 2022 | views : 1229 | म्याग्दी - MGD

फागुन १८, गलेश्वर ।  पूर्खाको जीवनशैली र तत्कालीन समयको  पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ । जिल्लाका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएको हो ।  डेढ दशकअघिसम्म जिल्लाका ग्रामीण क्षेत्रमा देखिने आरन

Read More

दुई महिनापछि पोखरा–जोमसोम उडान

Posted on February 27, 2022 | views : 1129 | म्याग्दी - MGD

फागुन १५, म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र  कोरोना (भाइरस) सङ्क्रमणका कारण  यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो ।जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पो

Read More