चैत २, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खानेपानीको मुहान सुकेको छ । बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माणका क्रममा नारच्याङको कलधारा टुसरेनी भन्ने ठाउँमा रहेको मुहान सुकेको हो । उक्त ठाउँबाट पाइपमार्फत ल्याए
Read Moreफागुन २८, म्याग्दी | म्याग्दीको रघुगंगा गाउँपालिकाको झीँ–पाखापानी सडकलाई दुई लेनको बनाउन आयोजना शुरु भएको छ । रघुगंगा गाउँपालिकाले बेनपा–१० पात्लेखेतको सिमानादेखि वडा नं ५ झीँ हँुदै ६ नं वडा पाखापानी जोड्ने फराकिलो बनाउन रु ७५ लाखको लागतमा आयोजनाको काम शुरु गरेको हो । झीँको सिमानादेखि पाखापानी
Read Moreफागुन २४, म्याग्दी | मालिका गाउँपालिका–६ दुखुबेसीमा लक्ष्यअघि नै सिँचाइ आयोजना निर्माण भएको छ । जिल्लामा सञ्चालित दर्जनौँ विकास आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा दुखुखोला सिँचाइ आयोजना भने लक्ष्यभन्दा पाँच महिनाअघि नै सम्पन्न भएको हो । सिँचाइ विकास सब डिभिजन कार्यालयले ठेक्कामा
Read Moreफागुन १५, म्याग्दी | म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ । विसं २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराउनुभएकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई सो
Read Moreकमल खत्री / फागुन १४, म्याग्दी | बस्तीको शिरमा अग्लो डाँडो । डाँडामाथि प्राकृतिक रुपमै बनेको भ्यूटावर । घना जंगलको बीचमा रहेको प्राकृतिक भ्यूटावरबाट दृष्य अवलोकन गर्दा मन खुशीले फुरुङ्ग हुने गर्छ । बेनी नगरपालिका–३ मुसुङ गाउँको शिरमा रहेको पर्यटकीय ‘बेलढुंगा’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्
Read Moreफागुन १३, म्याग्दी | धौलागिरि गाउँपालिका–१ गुर्जालाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ । वडा समितिको आजको बैठकले जिल्ला र गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातिको सघन बसोवास वतथा प्राकृतिक स्रोत एवं साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भएबमोजिम स्वाय
Read Moreफागुन ७, म्याग्दी | बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको भवन निर्माणका लागि बेल्जियमको एक संस्थाले रु पन्ध्र लाख सहयोग गरेको छ । बेल्जियमको हिमालयन प्रोजेक्टले समुदायको अगुवाइमा निर्माण हुन लागेको भवनका लागि उक्त सहयोग गरेको हो । संस्थाका पाउल भान्द्रेले बेल्जियमबाट पठाउनुभएको
Read Moreफागुन ६, म्याग्दी | म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरे वापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक प
Read Moreफागुन ४, म्याग्दी | बेनी नगरपालिका–५ पुलाचौरका महिला उद्यमीले साझा सुविधा केन्द्र स्थापना गरेका छन् । पुलाचौर स्वीटर उत्पादक संघमा आवद्ध महिलाले सिकेको सीपलाई निरन्तरता दिँदै सामूहिक व्यवसाय गर्नका लागि साझा सुविधा केन्द्र स्थापना गरेका हुन् । समूहले रु छ लाख ९५ हजारको लागतमा भवन न
Read Moreफागुन २, म्याग्दी | म्याग्दीको एक नवविवाहित दम्पतिले म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि स्थापना गर्न लागिएको पुस्तकालयलाई रु २५ हजार सहयोग गर्ने घोषणा गरेको छ । बेनीबजार निवासी विकास रावल र सन्ध्या केसीले रावलका भाइ स्व सुदीप रावलको स्मृतिमा पुस्तकालयलाई सो रकम सहयोग गर्
Read Moreमाघ २९, म्याग्दी | मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ । बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घरलगायत आकृति रहेका स्थानीयवासीले बताएका छन् । पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री
Read Moreमाघ २८, म्याग्दी | म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।&n
Read Moreमाघ २८, म्याग्दी | रघुगंगा गाउँपालिका–२ का एक व्यक्तिले आफ्ना बुबाआमाका नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । पखटोल निवासी लेठबहादुर खत्रीले सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा बुबा पूर्णबहादुर र आमा भीमकुमारीका स्मृतिमा रु एक लाख १११ को कोष स्थापना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक
Read Moreमाघ २५, म्याग्दी | म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाउने तयारी गरिएको छ । चक्रीय धौलागिरि पदमार्गमा पदयात्रा र धौलागिरि हिमालको आरोहणका लागि जाने पर्यटकले वर्षौंदेखि जथाभावी फ्याँक्दै आएका फोहर
Read Moreमाघ २३, म्याग्दी | बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ । क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको ह
Read Moreमाघ २३, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ । बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घर आदिका आकृति रहेका स्थानीयले बताएका छन् । पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पन
Read Moreमाघ १५, म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको पठनपाठन शुरु भएको छ । समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको पठनपाठन शुरु गरेको हो । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीमा पहिलो वर्ष व्यवस्थाप
Read Moreकमल खत्री / माघ १४, म्याग्दी | धौलागिरि गाउँपालिका केन्द्रीय विद्दुतको पहुँच बाहिर रहेको छ । गाउँपालिकाका सात वटै वडामा केन्द्रीय विद्युत्को पहुँच नपुग्दा गाउँपालिकाको कामदेखि स्थानीयवासी समस्यामा पर्दै आएका छन् । केन्द्रीय विद्युत् नपुगेपछि उज्यालोका लागि सौर्य र लघुजलविद्युत् परियोजना स्थानी
Read Moreमाघ १४, म्याग्दी | म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ । विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन
Read Moreमाघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्
Read Moreध्रुवसागर शर्मा/ माघ ५, म्याग्दी | आठ वर्षअघि आँखाले देख्न छोडेपछि निकै कष्टकर जीवन बिताउँदै आएका बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका खिमनाथ शर्मा आठ वर्षपछि आँखा देख्न सक्ने हुनुभएको छ । म्याग्दीमा रहेको लायन्स क्लबको आयोजनामा सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्द
Read Moreसन्तोष गौतम |माघ १ म्याग्दी | म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् । राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बि
Read Moreसन्तोष गौतम | पुस ३० म्याग्दी | म्याग्दीमा सञ्चालित अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ । उत्तरी पर्वतको बाँसखर्क, लेकफाँट म्याग्दीको राम्चे, हिस्तान र घारका पर्यटकीयस्थललाई समेटिएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय
Read Moreपुस १०, म्याग्दी । संयुक्त लायन्स क्लब अफ म्याग्दी दरबाङ र लियो क्लब अफ म्याग्दी दरबाङको आयोजनामा पश्चिम म्याग्दीको दरबाङमा आइतबारदेखि तीनदिने बृहत् स्वास्थ्य शिविर र आँखा शिविर शुरु भएको छ । आँखा शिविर आफ्ना स्वर्गीय बुबा ओमबहादुर बोगटी र भाइ लोक बोगटीको स्मृतिमा बेनपा– १ रत्नेचौर घर भई हाल म
Read Moreमङ्सिर २६, बेनी, म्याग्दी (रासस) | आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् । बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड कम
Read Moreमङ्सिर २०, म्याग्दी । म्याग्दीमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुंगा खानीबाहेक अन्नपूर्ण र मालिका गाउँपालिकाका ताकम, गुर्जा, कुइने, ओखरबोट लगायतका ठाउँमा रहेका खानी पुरिन थालेका हुन् । खानीबाट धातु निकालिने धाउ पुरिएका छन् । छन्त्याल जातिले पह
Read Moreमङ्सिर १६, म्याग्दी । रघुगंगा गाउँपालिका–४ दग्नाममा भीरबाट लडेर एक मह शिकारीको शुक्रबार मृत्यु भएको छ । दग्नाम, गैही्रगाउँका ४८ वर्षीय तिलु पुर्जाको मह शिकार गर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्वादिलो र गुणकारी भए पनि भीरमह झिक्न भने गाह्रो छ । चोयाको डोरीको भ¥याङ बनाई मह
Read Moreमङ्सिर १५, म्याग्दी । जिल्लाका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा छन् । २०६८ सालको जनगणनाअनुसार म्याग्दीको कूल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७।८ प्रतिशत अर्थात् ८८ हजार ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका यहाँस्थित दूरसञ्चार कार्यालयले जनाएको छ । उक्त कार्यालयक
Read More