म्याग्दीमा पहिरोमा पुरिएर एकै घर–परिवारका पाँच जनाको मृत्यु

Posted on: 02 Aug, 2022

साउन १७, म्याग्दी | मालिका गाउँपालिका–२ रुममा अवरिल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नविन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् । 

उक्त स्थानमा पहिरो आई दुई वटा घरहरु बगाएको थियो । 

इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । 

पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकै श्रीमती ६५ वर्षीया गोरी बिकलाई रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ । 

तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!