महोत्तरीका चार निर्वाचन क्षेत्रमा को अगाडि ?

Posted on: 23 Nov, 2022

मङ्सिर ७, महोत्तरी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिनुभएको छ । 

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का लक्ष्मी महतोेले पाँच हजार दुई सय ९३ मतसहित अग्रता लिनुभएको छ । यहाँ नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल चार हजार चार सय ४० मतसहित महतोलाई पछ्याई रहनुभएको छ । क्षेत्र नं २ मा लोसपाका शरतसिंह भण्डारीले पाँच हजार नौ सय ६३ मतले अग्रता लिनुभएको छ । यो क्षेत्रमा एमालेका डा रामपरीक्षण यादवले दुई हजार सात सय ३५ मतले पछ्याइरहनुभएको छ । 

क्षेत्र नं ३ मा पनि लोसपाका अध्यक्ष महन्थ ठाकुर चार हजार ६ सय ७४ मतका साथ अग्रता लिइरहनुभएको छ । यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार तीन सय ७७ मत प्राप्त गर्नुभएको छ । 

क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय चार हजार आठ सय नौ मतका साथ अघि हुनुहुन्छ । यस क्षेत्रमा जसपाका डा सुरेन्द्रकुमार यादव दुई हजार तीन सय ५३ मतका साथ रायलाई पछ्याइरहनुभएको छ । 

चारवटै प्रतिनिधिसभा क्षेत्रमा जारी मतणनाको गति सुस्त भएको उम्मेदवारका गणना प्रतिनिधिले बताएका छन् । चारवटै क्षेत्रमा प्रदेशसभा र दुवैतर्फका समानुपातिक गणना पनि सँगसँगै गरिँदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!