स्कुलबाट घर फर्कने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु

Posted on: 24 Aug, 2024

भदौ ८, खोटाङ | खोटाङमा स्कुलबाट घर फर्कने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। खोलामा डुबेर खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखावाङदेलमा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए। 

कार्यालयका अनुसार विद्यालयबाट घर फर्कँदा बाटोमा पर्ने चङखु खोलामा नुहाउने क्रममा ९ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको डुबेर मृत्यु भएको हो।

उनीहरु जनहित प्राविमा राज कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए। इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटेको प्रहरी टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!