महिला कर्मचारीलाई बलात्कार प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ

Posted on: 07 Aug, 2023

साउन २२, काठमाडौँ | कपिलवस्तुमा महिला कर्मचारीमाथि बलात्कार प्रयास गर्ने स्वास्थ्य प्रमुखसहित २ जना पक्राउ परेका छन् । शिवराज नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका–३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले जानकारी दिए ।

उनीहरूले साउन १२ गते राति डिउटीमा खटिएका महिला कर्मचारीमाथि मदिरा सेवन गरी बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीमा उजुरी परेपछि आरोपित दुवै जना फरार भएका थिए । फरार रहेका आरोपीलाई लुकेर बसेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आरोपितहरूलाई सोमवार नैं म्याद थप गरी कानूनी प्रक्रिया अगाडि बढाइने मल्लले बताए । नगरपालिकाले प्रहरीमा उजुरी परेसँगै स्वास्थ्य प्रमुख पौडेललाई जिम्मेवारीबाट हटाएको थियो । उनलाई नगरपालिकाले साउन २ गते मात्रै जिम्मेवारी दिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!