नेपाली चलचित्रमा नयाँ-नयाँ प्रबिधि भित्र्याउने नाम हो - सम्पादक सहिल खान

Posted on: 29 Aug, 2018

इमरान खान | भदौ १३, काठमाडौँ | नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो, शाहिल खान । खान नयाँ-नयाँ  प्रबिधि भित्र्याउन र चलचित्रलाई कसरी स्तरिय बनाउन सकिन्छ भनेर दिन-रात लागी परिरहेका हुन्छन् ।  दैनिक १४/१५ घण्टा कम्प्युटरमै व्यस्त खान फुर्सदको समयमा हलिउड चलचित्र मेकिङ्ग र त्यसको कटीङ हेरी नयाँ-नयाँ सोच बनाई रहेका देखिन्छन् । 

नेपाली चलचित्रलाई पनि अन्तराष्ट्रिय बजारसम्म कसरी पुर्याउन सकिन्छ, भनेर लागी परिरहने खान अहिलेका अत्याधिक व्यस्त सम्पादक हुन् । उनिभन्दा अग्रज सम्पादक पनि नयाँ-नयाँ कुरा सिक्न खानको कार्यालयमा पुग्ने गर्दछन् । अहिलेका युवा क्रेटीभ  खान केही समय आफ्नै कार्यालयमा र अन्यत्र पनि प्रशिक्षण दिन पुगिरहेकै हुन्छन् । यस्तै नयाँ पुस्ताहरुको आगमनले र नयाँ सोच भएका प्राबिधिकहरुको कार्य-कौशलताले नेपाली चलचित्रहरु आज अन्तराष्ट्रिय स्तरका बन्न थालेका छन् । नेपाली चलचित्र उधोगमा नयाँ-नयाँ प्रविधि र नौलो प्रयोगहरु हुन थालेका छन् । आधुनिक प्रबिधीको प्रयोग संग-संगै नेपाली फिल्म पनि प्राबिधिक रुपमा स्तरिय र सम्पन हुन थालको छ । पछिल्लो समय नेपाली चलचित्रलाई उच्चस्तरको बनाउनमा चलचित्र सम्पादकहरुको ठूलो हात रहेको पाइन्छ । बदलिदो समयानुसार नेपाली चलचित्र क्षेत्र पनि बदलिदै छ । पछिल्लो केही बर्षमा नेपाली सिने जगतले ठूलै फड्को मारेको छ । एउटा चलचित्र राम्रो हुनुमा सम्पादकको ठूलो हात हुने गर्छ । चलचित्र सम्पादन चलचित्रको एउटा यस्तो अंग हो, जसले चलचित्रलाई सुन्दर बनाउन ठुलो भूमिका खेल्छ । 


चलचित्र निर्माणका बिभिन्न पाटाहरु जस्तै निर्देशक, कथा, गीत, संगीत छायाँकन, भिजुअल इफेक्ट जस्तै आज नेपाली चलचित्रमा चलचित्र सम्पादनको पनि ठूलो भूमिका भएको पाइन्छ । चलचित्र सम्पादन आजको चलचित्र दुनियाँमा एक अति नै महत्वपुर्ण भाग भएको छ । आज नेपाली चलचित्रमा यस्तै किसिमको काम गर्ने प्रविधिकहरुको ठूलो माग छ । नेपाली चलचित्र जगतमा अहिलेको चलचित्र सम्पादकको छन्, भनेर प्रश्न गर्दा उत्तर भने शाहिल खान हुन् । शाहिल खान अहिलेका सबैभन्दा महङ्गा र  उत्कृष्ट चलचित्र सम्पादक हुन् । यसरी जहिले पनि नयाँ-नयाँ तरिका प्रयोग गरेर उनले नेपाली चलचित्र उद्योगको  चलचित्र सम्पादनको पाटोमा ठूलो योगदान पुर्याएका छन् । उनको काम प्रतिको इमान्दारिता तथा उत्कृष्ट कार्यको कारण उनले विभिन्न राष्ट्रियस्तरका जस्तै बक्स अफिस अवार्ड,  एल जी फिल्मस अवार्ड प्राप्त गरेका छन् ।


२००६ मा सिनेमा जगतमा पाईला राखेका शाहिलले थुप्रै सिनेमाहरुमा आफ्नो जादु देखाईसकेका छन् । सटिक काम र आफ्नो भिन्न प्रबिधीका कारणले गर्दा उनि निर्माता र निर्देशकको पहिलो रोजाईमा पर्ने गरेका छन् । नेपालका टप तथा निकै व्यस्त सम्पादक हुन् शाहिल खान । थुप्रै हिट फिल्ममा काम गरिसकेका साहिलका केहि फिल्मको नाम लिनुपर्दा रोमियो, मेला, पूनर्जन्म, होलिडे, उल्झन, पटुकी, आरोपे, सकुन्तला, आबेग, च्याम्पीयन, बाटो मुनिको फुल, फेसेबूक,  बर्दी, पोखराकि काली,  हालसालै उनि ‘ लब डायरिज’, ‘भिलेन’, ‘होलिडे’, ‘छिरिङ्ग’ लगायत धेरै चलचित्र सम्पादनमा ब्यस्त छन् । उनको काम, नयाँ प्रयोग तथा नौलो परिकल्पना आदिले आज आएका नयाँ चलचित्र सम्पादनकहरुले अनुशरण गर्दै आएका छन् । यसरी उनको ज्ञान, शीप तथा परिश्रमले उनी नेपाली चलचित्र क्षेत्रमा विशेष स्थानमा रहेका छन् । त्यस्तो कलालाई नेपाली चलचित्रमा अव्वल ढङ्गमा कार्य गर्ने शाहिल खानले नेपाली चलचित्र जगतको चलचित्र सम्पादन आर्टमा ठूला योगदान पुर्याएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!