जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु

Posted on: 06 Jun, 2024

जेठ २४, झापा |  झापामा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  झापाको मेचीनगर नगरपालिका-१२ धाइजनस्थित मेची लोकमार्गमा बुधबार राति बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुंगेल र त्यसमा सवार इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे७प ७२८३ नम्बरको स्कुटरले सडकको बायाँतर्फ बिग्रिएर रोकिराखेको को१च ७२६४ नम्बरको जिपलाई ठक्कर दिएको हो ।  घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!