मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, दुई गम्भीर घाइते

Posted on: 22 Jun, 2024

असार ८, झापा | झापामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । घटनामा दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा झापाको मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवार रहेको छ । भने दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापाको मेचीनगर नगरपालिका–१५  लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइलकमा तीन जना सवार थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!