भरतपुर महानगर ताजा अपडेट: रेणुलाई पछ्याउँदै विजय

Posted on: 20 May, 2022

जेठ ६, काठमाडौँ | भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले ३२०२ मतले अग्रता बनाएकी छन् । शुक्रबार साँझ ५ बजेसम्म कुल ५९ हजार ९१७ जम्मा मतगणना सम्पन्न हुँदा दाहालले २२ हजार ५९६ मत पाएकी हुन् । यस्तै एमालेका विजय सुवेदीले १९ हजार ३९४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले  ८ हजार ३७३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८४६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङ्गले १५ हजार ३११ त पाएकी छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!