भरतपुरमा आज रास्वपाले ध्यानाकर्षण सभाको आयोजना गर्दै

Posted on: 20 Jan, 2024

माघ ६, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुरमा ध्यानाकर्षण सभाको आयोजना गर्दैछ ।

आज शनिबार हुन लागेको सभालाई पार्टीका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ ।

रास्वपाका अनुसार ठिमुरा पुल भरतपुर १ मा हुन लागेको सभामा स्थानीय विकास निमार्णका कामको अवस्था र जनताका जनजीविकाका सवालमा कुराकानी हुनेछ ।

सभामा स्थानीय जनप्रतिनिधि, जनतालगायतको उपस्थिति हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!