आज चितवन जादै प्रधानमन्त्री प्रचण्ड

Posted on: 07 Apr, 2024

चैत २५, चितवन | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाने भएका छन् ।

भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् ।

बिहान ११ बजे प्रधानमन्त्री चितवन जाने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्रीले चितवनको भरतपुर-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले पहिलो चितवनमा हजारौं खेलाडीको सहभागिता रहने गरी अन्तर प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!