अध्यक्षमा उम्मेदवारी दिएका रावलको प्रतिक्रिया: आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउँछु

Posted on: 29 Nov, 2021

मङ्सिर १३, सौराहा | नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन् । 

रावलले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । 

'पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा हुँदैन ।  त्यसैले उम्मेदवारी दर्ता गरे,' उनले भने, 'हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले त्यही अधिकार प्रयोग गरेर उम्मेदवारी दिएको हुँ ।' 

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाइँ, समर्थकमा दुधकला विष्ट रहेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!