मोबाइल चलाउन नपाउँदा बालकले गरे आत्महत्या

Posted on: 10 Mar, 2024

फागुन २७, तनहुँ | तनहुँमा एक बालकले झुन्डिएर आत्महत्या गरेका छन् ।

जिल्लाको भानु नगरपालिका वडा नम्बर ९ बडहरेका १३ वर्षीय पर्वत सुनारले मोबाइल चलाउन नपाउँदा आत्महत्या गरेका हुन् ।

उनी मोबाइल धेरै चलाउने गरेको र उनको आमाले मोबाइल चलाउन नदिएपछि गएराति घरमै झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

‘बालकले आत्महत्या गरेको खबर आएपछि हामी घटनास्थलमा आएका छौं, घटनाबारे बुझ्दै छौं,’ एक प्रहरीले भने ‘घटनाको थप अनुसन्धान भइरहेको छ, थप कुरा पोष्टमार्टम पछि मात्रै थाहा हुन्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!