पल शाहविरुद्ध पुनः म्याद थप्ने तयारी

Posted on: 18 Mar, 2022

चैत ४, काठमाडौँ । जबरजस्ती करणीको मुद्दामा हिरासतमा रहेका चलचित्र अभिनेता पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थपको तयारी गरिएको छ ।  पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ गते १७ वर्षीया गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिईन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । त्यसप्रश्चात फागुन १५ मा शाह आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए । 

बलात्कारको आरोप लागेका पलविरुद्ध जिल्ला अदालत तनहुँबाट यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक १२ दिनको म्याद लिइएको थियो । १२ दिने म्याद आज सकिँदै छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!