मङ्सिर २५, लहान | लामो समयसम्म मुद्दाको फैसला नहँुदा हुलाकी राजमार्गअन्तर्गत सप्तरी कल्याणपुर–बरसाइन–स्वर्णपट्टी सडकखण्ड निर्माणको काम प्रभावित भएको छ । उक्त सडकखण्डअन्तर्गत स्वर्णपट्टीस्थित देउरी–९ (ख) को सर्वेगरी नक्साङ्कन भएकालाई छाडेर ९ (क) मा निर्माण गर्न थालिएको भन्दै जग्गाधनी जिवछ भनिने
Read Moreराम नारायण पंडित | मंसिर २२, सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल प्यानल अग्रता कायमै राखेका छन् । ७ सय ७९ मतगणना हुँदा अग्रवालले ५ सय ६ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्धन्दी जिबछ साहले २ सय ७३ मत प्राप्त गरेका छन् । अग्रवाल २ सय ३३ मतले अगाडी रहेको निर्बाचन अधिकृत स
Read Moreमङ्सिर २२, लहान | हतियार तथा लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिकाबाट आज बिहान दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार तथा लागुऔषधसहित लहान नगरपालिका–४ निवासी रञ्जीत यादव र लहान नगरपालिका–५ निवासी रामचन्द्र पासवानलाई पक्राउ गरेको छ ।
Read Moreराम नारायण पंडित | मङ्सिर २१, सिरहा । सिरहाको गोलबजार व्यापार संघको नयाँ नेतृत्वको लागि भएको मतदानमा ९१ प्रतिशत मत खसेका छन् । संघमा १७ सय ७३ मतदाता रहेको मध्ये १६ सय ३ मतदाताले मतदान गरेको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिएका छन् । आज विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ९०
Read Moreराम नारायण पंडित | मङ्सिर २१, सिरहा । मदिरा व्यवसायी संघ मिर्चैया, सिरहाको पहिलो बैठक सम्पन्न भएको छ । यहि मंसिर १४ गते जिल्ला प्रशासन कार्यालय सिरहामा दर्ता भएको मदिरा व्यवसायी संघको अध्यक्षमा रमेश कुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा बिजय कुमार साह, द्धितीय उपाध्यक्षमा कैलाश कुमार साह, महासचिबमा प्रदि
Read Moreमङ्सिर २१, लहान | सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो साँझ अचानक लडेर गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको उपचारको
Read Moreमङ्सिर २०, सिरहा | अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित उग्रचण्डी पेट्रोलपम्प नजिकै एक जनामाथि लुटपाट गरेका छन् । गोलबजारस्थित ज्योति विकास बैंकबाट रकम झिकेर बा ५५ प ४३५५ नम्बरको मोटरसाइकल चढेर आइरहेका धनगढीमाई नगरपालिका–१० निवासी २३ वर्षीय चितकुमार कामैतसँग रहेको नगद रु सात लाख लुटिएको
Read Moreमङ्सिर २०, लहान (रासस) | हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छड्केमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् । विद्युत् चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई हेर्ने बित्तिकै भेला भएका स
Read Moreराम नारायण पंडित | मंसिर १९, सिरहा । सिरहाको मिर्चैयामा पतंजली योग समितिको भवन एक कार्यक्रमकोबिच शिलान्यास गरिएको छ । योगलाई निरन्तारता दिनका लागि मिर्चैया नगरपालिका बडा नं. ८ स्थित भबनको सिरहा निर्वाचन क्षेत्र नं. ४ ‘क’ का प्रदेशसभा सदस्य दिलिप साहले मंगलबार शिलान्यस गरेका छन् । भवन शिलान्यास गर्दै
Read Moreराम नारायण पंडित | मङ्सिर १८, सिरहा । सिरहाको मिर्चैयामा झन्डा मेला महोत्सबमा आयोजकद्धारा बिभिन्न क्षेत्रका ब्यक्तिहरु सम्मानित भएका छन् । मिर्चैया ५ स्थित झन्डा टोलमा सम्पन्न श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सवको सातौं दिन सोमबार आयोजकले मेलामा सहयोग गर्ने अन्नदाता, चन्दादाता, सहयोगी
Read Moreमङ्सिर १८, लहान | चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित बलुवा चोकमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स ४ प ४१० नं को मोटरसाइकल र स ७ प ६१८ नं को मोटरसाइकल एकापसमा ठोक्किदा स ४ प ४१० नं को मोटरसाइकल चालक धनुषाको सि
Read Moreमङ्सिर १७, लहान | नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ । प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिकालगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत्
Read Moreमङ्सिर १४, सिरहा | प्रतिबन्धित लागुऔषधसहित आज बिहान सिरहा बरियारपट्टी– १ बाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स४प ६७९२ नं को मोटरसाइकलबाट प्रतिबन्धित लागुऔषधसहित लहान नगरपालिका–२ का २१ वर्षीय मोहम्मद मुर्तुजालाई पक्राउ गरेको हो । 
Read Moreमङ्सिर १४, लहान | नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनी
Read Moreमंसिर १३, सप्तरी । सप्तरीबाट हतियारसहित एक महिलारी पक्राउ परेकी छन् । जिल्लाको सुरुङ्गा नगरपालिका-३ भुसी महुलियास्थित फुटबल ग्राउण्डको पूर्वपट्टी खाली खेतमा बनाएको परालको झुप्रोबाट ती महिलालाई हतियारसहित पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-५ बस्ने ३० वर्षीया गीता सदा हुन् । उनक
Read Moreमङ्सिर १२, लहान | हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।अनुगमनका
Read Moreराम नारायण पंडित | मङ्सिर ११, सिरहा | महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान देशभर जारी रहेको छ । सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आइबारदेखि सुरु भएको हो । अभियानलाई सफल बनाउन सोमबार मिर्चैया
Read Moreराम नारायण पंडित | मङ्सिर ११, सिरहा । सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेला सुरु भएको छ । मिर्चैया नगरपालिका बडा नं. ५ स्थित संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले आजदेखि सुरु भएको श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सव मंसिर १७ गतेसम्म चल
Read Moreमङ्सिर ९, लहान (रासस) | लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ । लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा त
Read Moreराम नारायण पंडित । सिरहा ७, मंसिर । सिरहा र धनुषाको सिमाना भएर वग्ने कमला नदीमा सूर्योदयसँगै आज हजारौँ नव धामीझाँक्री वोक्सावोक्सी पवित्र जलमा डुबुल्की लगाए । हजारौ स्त्री पुरुष दुवैपट्टिका नदीका किनारमा भगता (देउता) खेलिरहेका थिए भने प्रत्येक भगतासँग समुहमा रहेका ब्यक्तिहरुले भगतालाई प्रश्न ग
Read Moreमङ्सिर ७, लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ । योसँगै सो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । पछिल्लो पटक आज बिहान घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी
Read Moreमङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध
Read Moreराम नारायण पंडित | मङ्सिर ६, सिरहा | सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मिर्चैया नगरपालिका बडा नं. ५ स्थित यहि मंसिर ११ गतेदेखि सुरु हुने श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सवमा झण्डा र मुर्ति निर्माण लगायतका तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
Read Moreमङ्सिर ३, लहान | नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करीब रु दुई लाख जरिवाना गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरे
Read Moreराम नारायण पंडित | मङ्सिर २, सिरहा | अपराधिक क्रियाकलाप नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेव खनालले बताएका गरेका छन् । केहि दिनअघि मात्र कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आएका डिएसपी खनालले शनिवार कार्यालय परिसरमा अयोजन
Read Moreकात्तिक २७, लहान । सिराहा धनगढीमाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट आज एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिका–६ का ४० वर्षीय किसुनदेव सिंह दनुवार रहेको प्रहरीले जनाएको छ । बा.२०च ५६५२ नंको कारको ठक्करबाट गम्भीर घाइते भएका दन
Read Moreकात्तिक २६, लहान | सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ। गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन्। पीडित बालिका र युवतीको लहानस्थित रामक
Read Moreकात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले
Read More