सीआईबीको बदमासी : नक्कली डाक्टर प्रकरणमा सक्कली डाक्टर पक्राउ

Posted on: 13 Aug, 2023

साउन २८, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कमजोरीका कारण नक्कली डाक्टर प्रकरणमा सक्कली डाक्टरसमेत पक्राउ परेको खुलेको छ ।

नक्कली डाक्टरविरुद्धको अपरेसन ‘फोक्सट्रोट चार्ली’मा साउन २५ गते महोत्तरी पिपरा गाउँपालिका–८ का रञ्जितकुमार यादव पक्राउ परेका थिए ।

एउटै नाम भएका व्यक्ति भएकाले अर्कोलाई सीआईबीले पक्राउ गरेको मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले बताए । ‘एक जना जनकपुरका रहेछन् । अर्का जनकपुर पढेका रहेछन् प्रहरीले जसलाई पहिला भेट्टायो उसलाई समाएछ,’ रजिष्टार अधिकारीले भने । 

उनी ३ दिनदेखि हिरासतमा बसिरहेका छन् । नामबाहेक अरू केही मिलेको छैन । नक्कली र सक्कली दुवै जनाले जनकपुर पढेको मेडिकल काउन्सिलले जनाएको छ । 

तर, सीआईबीले भने यस विषयमा अनभिज्ञता जनाएको छ । ‘हामीले यसबारे बुझ्दै छौं,’ सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले भने । 

प्रहरीले अहिलेसम्म नक्कली डाक्टरको अपरेसनमा ८ जनालाई पक्राउ गरेको छ । जसमध्ये नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनी छुटेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!