नखिपोटबाट नख्खु खोलाले बगाएका ३ जनाको उद्धार

Posted on: 28 Sep, 2024

असोज १२, काठमाडौँ | ललितपुरको नखिपोटबाट नख्खु खोलाले बगाएका ३ जनालाई उद्धार गरिएको छ । दुईजना बालबालिका र एकजना वयस्कलाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

ललितपुर महागनरपालिका–१४ स्थित नखिपोटबाट उनीहरुलाई बाढीले बगाएको थियो । नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका थिए | उद्धार गरिएका ३ जना खतरामुक्त छन् । स्थानीय, प्रहरीको विपद् ब्यवस्थापनका टिम र सशस्त्रका गोताखोरको सहायताले उद्धार गरेका हुन् ।

उद्धार गरिएकाहरुलाई उपचारको लागि पाटन अस्पतालमा भर्ना गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!